Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सेयर बजारको वृद्धि कायमै, साढे ११ अर्बको सेयर किनबेच


सूचना कुण्ड
सेयर बजारको वृद्धि कायमै, साढे ११ अर्बको सेयर किनबेच

काठमाडौँ, फागुन ११ :आज साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक बढेको छ।

यसदिन नेप्से ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन अर्थात बिहीबार ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आइतबार ११ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ। 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो। आज ३२८ वटा धितोपत्रको दुई करोड १२ लाख ६ हजार कित्ता सेयर किनबेच भएको हो। आइतबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७८० रूपैयाँ २० पैसा कायम भएको छ।

यस्तै, कुमारी सबल योजनाको मूल्य ९.९४ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६२ पैसा पुगेको छ। आइतबार रिलायन्स फाइनान्सको मूल्य सर्वाधिक ७.२४ प्रतिशतले घटेको छ। 

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६०७ रूपैयाँ ६० पैसामा झरेको छ।यस्तै, उपकार लघुवित्तको मूल्य ६.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य चार हजार ९८६ रूपैयाँ कायम भएको छ। आइतबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ९८२ रूपैयाँमा ९५ करोड ६४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा ५.१४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७४२ रूपैयाँ १० पैसामा ६१ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको हो।

यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ३.७२ प्रतिशतले बढेको छ। यस्तै, दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.७८ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend