Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

साताको सेयर बजार : उकालो लाग्दै नेप्से र कारोबार रकम


सूचना कुण्ड
साताको सेयर बजार : उकालो लाग्दै नेप्से र कारोबार रकम

काठमाडौं  फागुन ९ :  यो साताका चार कारोबार दिनमा सेयर बजार समग्रमा ६५.२५ अंकले बढ्यो । बुधबार राष्ट्रिय प्रजातन्त्र दिवसको सार्वजनिक बिदा भएकाले साताका पाँचमध्ये चार दिन मात्र सेयर कारोबार भयो । चार दिनमा ३८ अर्ब ५८ करोड रुपैयाँको कारोबार भयो ।

गएको साताको तुलनामा कारोबार रकम कम भयो । तर, पाँच कारोबारको तुलनामा यो साताका चार दिनमा रकम बढी मान्न सकिन्छ । गएको साता ३९ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार (फागुन ८) नेप्से परिसूचक २७४३.७४ विन्दुमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६७८.४७ विन्दुमा बन्द भएको थियो ।

यो साताका सबै चार कारोबार दिन नै बजार बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३.१४ अंकले बढेको थियो । आइतबार १९.५६, सोमबार २९.८७ र मंगलबार १२.६८ अंकले बजार बढेको थियो ।

गएको साता बजार समग्रमा २१.३३ अंकले घटेको थियो । उक्त साता दुई कारोबार दिन मंगलबार र बिहीबार नेप्से बढेको थियो । मंगलबार ६.५४ र बिहीबार १.८६ अंकले बजार बढेको थियो । गएको साताको आइतबार नेप्से ११.४९, सोमबार १०.९८ र बिहीबार ७.२६ अंकले घटेको थियो ।pm.jpg

‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाए
एक सातामा सर्वाधिक कमाउनेमा ‘अन्य’ समूहका लगानीकर्ता छन् । यो समूहको परिसूचक सातामा ७.२४ प्रतिशतले बढ्यो ।

यो साता बढी गुमाउनेमा विकास बैंक समूहका लगानीकर्ता छन् । एक सातामा यो समूहका लगानीकर्ताको सम्पत्ति १.८५ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend