काठमाडौँ,फागुन ७ :भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी)मा अध्ययरत १२६ विद्यार्थी रक्सौल नाका हुँदै नेपाल फर्किएका छन् ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थी असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले आज १०३ छात्र र २३ छात्रा फर्किएको जानकारी दिए ।
