Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

आगामी चैत ५ गते स्ववियु निर्वाचन


सूचना कुण्ड
आगामी चैत ५ गते  स्ववियु निर्वाचन

 

काठमाडौँ, फागुन ६ ः   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच त्रिविका विभिन्न विषयमा छलफल भएको छ।

बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

छलफलका क्रममा त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक परे जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको छ । आंगिक क्याम्पसहरूलाई पनि अनिवार्य रूपमा क्यालेण्डर कार्यान्वयन गर्ने सहमति भएको छ । स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ।

आगामी चैत ५ गते निर्वाचन गर्ने निर्णय भएको छ। क्याम्पसहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र निर्वाचन सम्पन्न गर्ने, निर्वाचन स्थगित भएमा १५ दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने तथा मन्त्रालय र विश्वविद्यालयबीच सीधा सम्पर्क कायम गरी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन गर्ने सहमति भएको छ ।

समकक्षताको प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सफ्टवेयरहरूको एकीकरण गर्ने र आवश्यक परे जनशक्ति थप गर्ने साथै विद्यार्थीलाई सुविधाका लागि अनलाइनबाटै आवेदन दिन सकिने र कम समयमै प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्ने सहमति भएको छ । परीक्षाफल प्रकाशन र ट्रान्सक्रिप्ट वितरणलाई पनि समयमै गर्ने व्यवस्था मिलाइने भएको छ। पढाइ सकिएकै वर्षमा प्रमाणपत्र उपलब्ध गराउने र अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन सकिने व्यवस्था गर्ने सहमति भएको छ ।

परीक्षा सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने र उक्त समितिले विश्वविद्यालय अनुदान आयोगले गरेको लगानीको अवस्था अध्ययन गरी सुधारका लागि सुझाव दिने निर्णय भएको छ यसका साथै समितिले सफ्टवेयरको एकीकरणका विषयमा पनि राय दिनेछ । उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच त्रिविका विभिन्न विषयमा छलफल भएको छ।

बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । छलफलका क्रममा त्रिविको वार्षिक क्यालेण्डरलाई कडाइका साथ कार्यान्वयन गर्ने र यसका लागि आवश्यक परे जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको छ । आंगिक क्याम्पसहरूलाई पनि अनिवार्य रूपमा क्यालेण्डर कार्यान्वयन गर्ने सहमति भएको छ ।

स्ववियु निर्वाचनलाई मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भएको छ। आगामी चैत ५ गते निर्वाचन गर्ने निर्णय भएको छ। क्याम्पसहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र निर्वाचन सम्पन्न गर्ने, निर्वाचन स्थगित भएमा १५ दिनभित्र पुनः निर्वाचन गर्नुपर्ने तथा मन्त्रालय र विश्वविद्यालयबीच सीधा सम्पर्क कायम गरी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थापन गर्ने सहमति भएको छ । समकक्षताको प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन सफ्टवेयरहरूको एकीकरण गर्ने र आवश्यक परे जनशक्ति थप गर्ने साथै विद्यार्थीलाई सुविधाका लागि अनलाइनबाटै आवेदन दिन सकिने र कम समयमै प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्ने सहमति भएको छ ।

परीक्षाफल प्रकाशन र ट्रान्सक्रिप्ट वितरणलाई पनि समयमै गर्ने व्यवस्था मिलाइने भएको छ। पढाइ सकिएकै वर्षमा प्रमाणपत्र उपलब्ध गराउने र अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल आवेदन दिन सकिने व्यवस्था गर्ने सहमति भएको छ । परीक्षा सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने र उक्त समितिले विश्वविद्यालय अनुदान आयोगले गरेको लगानीको अवस्था अध्ययन गरी सुधारका लागि सुझाव दिने निर्णय भएको छ यसका साथै समितिले सफ्टवेयरको एकीकरणका विषयमा पनि राय दिनेछ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend