Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

क्षयरोगमुक्त चन्द्रागिरि बनाउन विशेष अभियान सञ्चालन गरिँदै


सूचना कुण्ड
क्षयरोगमुक्त चन्द्रागिरि बनाउन विशेष अभियान सञ्चालन गरिँदै

काठमाडौँ, फागुन ५ :  चन्द्रागिरि नगरपालिकाले नगरपालिकालाई क्षयरोगमुक्त बनाउन विशेष अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले सबै वडामा विशेष खोज पड्ताल अभियान सञ्चालन गर्न लागेको छ ।

यसैक्रममा क्षयरोगमुक्त नेपाल अभियान घोषणा कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा नगरस्तरीय समिति गठन समेत गरिएको छ । सो समितिको एकदिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । क्षयरोग केन्द्रका बरिष्ठ जनस्वास्थ्य अधिकृत बसुन्धरा शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

cha pa pa 6.jpg

कार्यक्रममा नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, वडा १५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुईँटेल , लगायत विभिन्न वडाका वडाध्यक्ष, सामाजिक संघ सस्थाका प्रतिनिधि समेतको उपस्थिति रहेको जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो । उहाँका अनुसार नगरक्षेत्रमा हाल १०७ क्षयरोगीले औषधि खाइरहेका छन् । सो अभियान अन्तर्गत करिव ३५६ जना संभावित क्षयरोगीका विरामीलाई उपचारको पहुँचमा ल्याइने छ ।

cha na pa 7.jpg

आजको कार्यक्रममा नगरप्रमुख गिरीले क्षयरोगमुक्त नगरपालिका घोषणा प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गर्नुभएको थियो । प्रतिवद्धतापत्रमा नगरप्रवक्ता खड्गी, सामाजिक विकास समितिका सभापति लुईँटेल ,कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनाल लगायतले हस्ताक्षर गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend