Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपति रामचन्द्र पाैडेल किर्तिपुर बर्नअस्पताल भ्रमण :अर्थमन्त्री विष्णु पाैडेलकाे स्वास्थ्य अवस्था बारे जानकारी


सूचना कुण्ड
राष्ट्रपति रामचन्द्र पाैडेल किर्तिपुर बर्नअस्पताल भ्रमण :अर्थमन्त्री विष्णु पाैडेलकाे स्वास्थ्य अवस्था बारे जानकारी

काठमाडौं, फागुन ४ : राष्ट्रपति रामचन्द्र पाैडेलले किर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पाैडेलकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे छ । राष्ट्रपति पाैडेल आइतबार बिहान साे अस्पताल पुगेर मन्त्री पाैडेल र पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएकाे हाे ।

राष्ट्रपति पाैडेललाई स्वास्थ्यमन्त्री प्रदीप पाैडेल, सचिव डा राेशन पाेखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशाेर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पाैडेल र मेयर आचार्यकाे स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराउनुभएकाे थियोे ।

उपप्रधानमन्त्री पाैडेल र मेयर आचार्य पाेखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगाे लागेर घाइते भई साे अस्पतालकाे आइसियुमा शनिबार भर्ना हुनुभएको थियोे ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend