Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल एपिएफ अस्पताल  बलम्बुव्दारा चन्द्रागिरि नगरपालिका सम्मानित 


सूचना कुण्ड
नेपाल एपिएफ अस्पताल  बलम्बुव्दारा  चन्द्रागिरि नगरपालिका सम्मानित 

काठमाडौँ, फागुन २ : चन्द्रागिरि नगरपालिकालाई नेपाल एपिएफ अस्पताल  बलम्बुले सम्मान गरेको छ । नेपाल एपिएफ अस्पतालको २३ औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि १२ स्थित बलम्बुमा आयोजित  विशेष कार्यक्रममा  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको हो । 

samman photo 2.jpg

चन्द्रागिरि नगरपालिका र नेपाल एपिएफ अस्पतालबीच निरन्तर भइरहेको सहयोग र सहकार्यमा चन्द्रागिरि नगरप्रमुख गिरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनुभएको जनाउँदै उहाँलाई सम्मान गरिएको हो । विसं २०५८ फागुन २ गते सो अस्पतालको स्थापना भएको थियो । अस्पताललले सशस्त्र प्रहरी बलमा कार्यरत, अवकाश प्राप्त कर्मचारीका अतिरिक्त सर्वसाधारण नागरिकलाई पनि आफ्नो सेवा प्रदान गरिराखेको छ । 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend