Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पोखराको वायुको गुणस्तर हानीकारक


सूचना कुण्ड
पोखराको वायुको गुणस्तर हानीकारक

काठमाडौँ, फागुन२ : पोखराको वायुको गुणस्तर हानीकारक देखिएको छ। वातावरण विभागको वायु गुणस्तर निगरानीले जानकारी दिएअनुसार पोखराको गण्डकी बोर्डिङ स्कुल केन्द्रमा राखिएको स्टेसनमा शुक्रबार बिहान ६ बजे एक्युआई (वायु शुद्धता सूचकांक) २०७ पुगेको छ।

पोखरामा लगातार तीन दिनदेखि वायु प्रदूषण उच्च बनिरहेको छ। वातावरण विभागका अनुसार भक्तपुरको एक्युआई १८७, शंखपार्कको १८६, ललितपुरको भैंसेपाटीको १७६, रत्नपार्कको १७४, ललितपुरकै खुमलटारको १७२, भरतपुरको १६५, धनगढीको १६४ र हेटौंडाको १६१ छ।

वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१ – ३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्दछ।

विश्वकै प्रदूषित सहरमा शुक्रबार नेपाल चौथो स्थानमा छ। विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने आइक्यु एयरका अनुसार विश्वको प्रदूषित सहरको पहिलो नम्बरमा पाकिस्तानको लाहोर सहर छ। चीनको वुहान दोस्रो, इराकको बग्दाद तेस्रो र काठमाडौं चौथो नम्बरमा रहेका छन्। यो बिहान ७ बजेको तथ्यांक हो।

नेपालमा हिउँदे वर्षा नहुँदा वायु प्रदूषण उच्च बनेको छ। हिउँद याममा सडक लगायत पूर्वाधार निर्माणका काम भइरहेको र काठमाडौं लगायत सहरी क्षेत्रमा सवारीसाधनको चाप तीव्र हुँदा पनि वायु प्रदूषणलाई सघाएका छन्। यसका साथै उच्च पहाडी तथा मध्य पहाडी भेगमा बन डढेलो पनि बढेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend