Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रतिफल देखिने गरि काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन


सूचना कुण्ड
प्रतिफल देखिने गरि काम गर्न कृषिमन्त्री अधिकारीको निर्देशन

काठमाडौ, फागुन १ :कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनु पर्ने वताउनुभएको छ । मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले लगानीको प्रतिफल विना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर कार्य गर्न सम्वन्धीत निकायलाई निर्देशन दिनुभयो ।

krishi mantri 1.jpg

हामी सँग विज्ञहरुको खाँचो छैन , लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालय सँग छ ,तथापी नतिजा आउन सकिरहेको छैन , चार्टले प्रगति देखाउन सकिरहेको छैन ,मन्त्री अधिकारीले भन्नुभयो ।

उहाँले कृषि कर्ममा लागेका हरुलाई हामीले के दियौं यहि सोचेर कार्य गर्न जरुरी छ , भन्नुभयो । कानुनी अबरोध हटाउदै नतिजामुखी कार्य गर्न आफुले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले अझै बढि क्रियाशिलताले मात्र कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने भएकाले यस तर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend