Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बेलायती राजदूतको शिक्षा मन्त्री भट्टराईसंग भेट


सूचना कुण्ड
बेलायती राजदूतको शिक्षा मन्त्री भट्टराईसंग भेट

काठमाडौ, फागुन १ : नेपालका लागि बेलायतका राजदुत Rob Fenn ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि बिद्या भट्टराई संग शिष्टाचार भेट गर्नुभएको छ। सो अबसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि भट्टराईले हाल समक्षताका विषयमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने,यसका लागि विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गर्ने बताउनु भयो।

मन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने तत्परताका साथै शिष्टाचार भेटका लागि राजदुतको टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो। भेटका राजदुत Rob Fenn ले नेपालको शिक्षा क्षेत्रमा बेलायत सरकारको तर्फबाट गर्न सकिने सहयोग,बेलायतमा अध्ययन गरी नेपाल फर्किएका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालबाट समक्षता लिनुपर्ने व्यवस्था र यसमा देखिएका जटिलताका बारेमा चासो व्यक्त गर्नुभयो।

नेपालको उत्पादनशिल जनशक्तिलाई स्वदेशमा नै गुणस्तरीय शिक्षा प्रदान गरी रोजगारमुलक बनाउने,नेपालको अर्थतन्त्रमा डायस्पोरालाई जोड्ने विषयमा सहयोग गर्न सकिने लगायतका विषयमा उहाँले आफ्नो विचार राख्नु भयो। भेटमा ब्रिटिस काउन्सिलका Country Director: Rustom mody सहित अन्य कुटनैतिक ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend