Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शंखरापुर स्कुल बस दुर्घटना : ३ जनाको मृत्यु, ४० घाइते


सूचना कुण्ड
शंखरापुर स्कुल बस दुर्घटना : ३ जनाको मृत्यु, ४० घाइते

 काठमाडौं  माघ,३० :  काठमाडौंको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ ।

तीन जनाको मत्यु भएको बताए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको छैन । जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गरे । एनएमसी अस्पतालमा एक, शंकरापुर अस्पतालमा एक र टिचिङ अस्पतालमा एक जना गरी तीन जनाको मृत्यु भएको छ ।

‘अहिलेसम्म तीन जनाको मत्यु भएको डाक्टरले बताएका छन्’ उनले भने । उक्त बस ब्रेक फेल भएर आफैं दुर्घटनामा परेको अनुमान गरिएको छ । स्कुलले पिकनिकका लागि उक्त बस रिजर्भ लगेको थियो । चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए । दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइते मध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend