Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कोशी, गण्डकी र कर्णालीका थोरै स्थानमा हिमपातको सम्भावना


सूचना कुण्ड
कोशी, गण्डकी र कर्णालीका थोरै स्थानमा हिमपातको सम्भावना

काठमाडौँ, माघ ३० :आज पनि देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मध्य तराई र पूर्वी तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आगामी २४ घण्टामा तीन प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपात हुने पूर्वानुमान महाशाखाको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend