काठमाडौँ, माघ २६ :शहरी विकास मन्त्रालयअन्तर्गतकाे संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आगलागीबाट क्षति भएकाे खानेपानी मन्त्रालयकाे मर्मत सम्भार कार्य शुरू गरेकाे छ ।
आजै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थलगत अवलाेन गरेलगत्तै मर्मतसम्भारकाे काम अघि बढाइएकाे हाे ।
