Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

३२ औँ कलेजो प्रत्यारोपण सकुशल डिस्चार्ज


सूचना कुण्ड
३२ औँ कलेजो प्रत्यारोपण सकुशल डिस्चार्ज

काठमाडौँ, माघ २४ : यही माघ १५ यस केन्द्रमा गते गरीएको ३२ औँ कलेजो प्रत्यारोपण सकुशल डिस्चार्ज भएका छन्।ललितपुरको गोदावरी नगरपालिकाका ५६ वर्षीय श्रीमान्‌लाई उनकी ४१ वर्षीया श्रीमतीले आधा कलेजो दान दिएकी थिईन्।

अंगदाता ७ औं दिनमा र ग्रहणकर्ता ९ औँ दिनमा डिस्चार्ज भएका हुन्। शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्त्वमा भएको उक्त प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा. आरती राईको Anesthesia and Critical Care टोली, डा. बादल महर्जन, नर्सिङ निर्देशक पूजा कोईराला नेतृत्त्वको नर्सिङ टोली, Transplant co-ordinator सरु कोजु तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीहरु संलग्‍न थिए।

देशमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको यस केन्द्रले स्थापनाको १२ वर्ष अवधिभित्रै उक्त सेवालाई सम्भवत संसार कै सबैभन्दा न्यूनतम शुल्क (रु १५-२० लाख) मा निरन्तरना दिदैँ आएको छ। देशकै करिब दुई‍-तिहाई कलेजो तथा मिर्गौला प्रत्यारोपण गर्दै आएको यस केन्द्रको आफ्नो एक इन्च भवन समेत छैन। अत्यन्तै सिमीत स्रोत साधन तथा जन शक्तिका वाबजुत देशमै उच्च सफलताका साथ केन्द्रले कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन सक्नु ठूलो उपलब्धि मानिएको छ। उपयुक्त जग्गा उपलब्ध भएमा आफ्नै स्रोत साधनबाट ३०० शैयाको भवन बनाई अधिक्तम सेवा सुचारु गर्न सक्ने क्षमता केन्द्रको भएको हुँदा नेपाल सरकार समक्ष उपयुक्त जग्गा उपलब्ध गराईदिन निरन्तर माग गर्दै आएको छ।

 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend