Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सरकारी प्रतिष्ठानमा बढेन मेडिकल पीजीको सिट संख्या, चिकित्सक संघको आपत्ति


सूचना कुण्ड
सरकारी प्रतिष्ठानमा बढेन मेडिकल पीजीको सिट संख्या, चिकित्सक संघको आपत्ति

काठमाडौँ, माघ २४ :चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८१/०८२ का निम्ति स्नाकोत्तर (पीजी) तहको सिट संख्या निर्धारण गरेको छ । १८ सरकारी र २६ निजी मेडिकल कलेज तथा प्रतिष्ठानहरूका निम्ति विभिन्न कार्यक्रममा सिट संख्या तोकिएको हो । 

आयोगले सरकारीतर्फ ७९५ र निजीतर्फ १०२० गरी कुल एक हजार ८१५ सिट छुट्याएको छ । यस्तै, सातवटा निजी अस्पतालका कार्यक्रमका निम्ति १९ सिट निर्धारण गरिएको छ । 

नेपाल चिकित्सक संघले भने आयोगको सिट निर्धारणमाथि आपत्ति जनाएको छ । एमडी/एमएस/एमडीएस कार्यक्रममा सरकारी प्रतिष्ठानहरूमा क्षमताअनुसार सिट थप्ने अवस्था हुँदाहुँदै पनि नथपिएको भन्दै संघले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । सिट संख्या थप नहुँदा पीजीका निम्ति ठूलो संख्यामा चिकित्सक विदेशिन बाध्य भएको संघको ठहर छ ।

सरकारी प्रतिष्ठानमा गतवर्ष पनि ७९५ सिट नै तोकिएको थियो । सरकारी र निजी गरी आयोगले गतवर्ष कुल एक हजार ७१४ सिट छुट्याएको थियो । 

एमडी अध्ययनरत विद्यार्थी चिकित्सक सरकारीमा सिट संख्या थपिनुपर्ने, पीजी शिक्षा निःशुल्क हुनुपर्ने, निजी मेडिकल कलेजमा अध्ययनरत आवसीय चिकित्सकलाई सरकारी आठौँ तह सरहको निर्वाह भत्ता दिनुपर्ने लगायतका माग राख्दै आन्दानेलनमा छन् । 

आन्दोलनरत चिकित्सकहरूको समेत माग सम्बोधन हुनेगरी चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न संघको माग छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend