Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

युक्रेनकाे जेलबाट दुई नेपालीकाे उद्धार गरी नेपाल फर्काइयाे


सूचना कुण्ड
युक्रेनकाे जेलबाट दुई नेपालीकाे उद्धार गरी नेपाल फर्काइयाे

काठमाडौँ, माघ २४ : युक्रेनमा जेलमा रहेका दुई नेपाली नागरिकलाई जर्मनीकाे बर्लिनस्थित नेपाली राजदूतावासले उद्धार गरी आज नेपाल फर्काएको छ। अध्यागमन कानुन उल्लंघनका कारण उनीहरू २०२४ को मे महिनादेखि युक्रेनकाे जेलमा थिए । 

दूतावासले युक्रेनको परराष्ट्र मन्त्रालय, किभस्थित मोल्डोभाको राजदूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतलगायतको सहयोग लिएर उनीहरूकाे उद्धार गरेकाे जनाएकाे छ । उनीहरूलाई नेपाल फर्कनका लागि आवश्यक हवाइजहाजको टिकटको प्रबन्ध गैरआवासीय नेपाली संघको मुख्यालयले गरेको थियो।
 
विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान राजदूतावासले ०७९ फागुनमा सूचना जारी गरेकाे थियाे । मानव तस्करहरूको प्रलोभनमा परी अझै पनि छिटपुट रूपमा नेपाली नागरिक युक्रेन आएको पाइएको दूतावासले जनाएकाे छ।

सन् २०२३ को जनवरी तेस्रो हप्तादेखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाललगायत मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीलाई प्रवेशाज्ञा जारी नगर्ने निर्णय गरेका थिए । 

कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपदमा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन हुने भएकाले यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न राजदूतावासले सबै नेपाली नागरिकलाई पुन: अनुरोध गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend