Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शिक्षा मन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको आकस्मिक अनुगमन


सूचना कुण्ड
शिक्षा मन्त्री भट्टराईद्वारा राष्ट्रिय किताबखानाको आकस्मिक अनुगमन

 

,काठमाडौ, माघ २३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गर्नु भएको छ ।

अनुगमनका क्रममा मन्त्री भट्टराईले निवृत्तभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिनुभयो ।

उक्त अनुगमनका क्रममा सेवाग्राहीहरूसँग पनि उहाँले सेवाको प्रभावकारिताबारे चासो राख्नु भएको थियो । अनुगमनपश्चात मन्त्री भट्टराईले राष्ट्रिय किताबखानाको कामका बारेमा बेलावेलामा गुनासाहरू आइरहने गरेको हुनाले आइन्दा गुनासा नआउने किसिमले काम गर्न निर्देशन दिनुभयो । शिक्षकहरूले पेश गरेको सिटरोलको Digitization समयमै सक्न र सिटरोल तथा निवृत्तिभरण र सम्पत्ती विवरणका अभिलेखहरूको भण्डारणका लागि तत्काल कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिनु भयो ।

अनुगमनका क्रममा राष्ट्रिय किताबखाना (शिक्षक) का उपमहानिर्देशक युवराज पौडेलले किताबखानाबाट हुने गरेका कामकारबाही र प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो । उक्त अनुगमनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिव सापकोटा सहितका ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend