Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आजको मौसम : मधेश प्रदेशका केही स्थानहरूमा हुस्सु/कुहिरो


सूचना कुण्ड
आजको मौसम :  मधेश प्रदेशका केही स्थानहरूमा  हुस्सु/कुहिरो

 काठमाडौं,  माघ २३ :  आज देशका पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो ।

आज रातिसम्म मधेश र लुम्बिनी प्रदेशबाहेकका पाँच प्रदेशको मौसम आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै ठाउँमा र कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशमा पनि मौसम बदली हुने महाशाखाले जनाएको छ । तर, हिमपात र वर्षाको भने सम्भावना भने नभएको महाशाखाको बुलेटिनमा उल्लेख छ ।मधेश प्रदेशका केही स्थानहरू र केही उपत्यकाहरुमा भने हुस्सु/कुहिरो लागेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend