Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिकामा ‘एचपिभी  खोप’ खोप अभियान सुरु :  आज पहिलोदिन एकहजार ६८१ किशोरीले खोप लगाए 


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकामा ‘एचपिभी  खोप’ खोप अभियान सुरु :  आज पहिलोदिन एकहजार ६८१ किशोरीले खोप लगाए 

काठमाडौँ, माघ २२ ः ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी)  खोप अभियान अन्तर्गत आज पहिलो दिन  चन्द्रागिरि नगरपालिकाका एकहजार ६८१ किशोरीले खोप लगाएका छन् । किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन चन्द्रागिरि नगरपालिकाले आजदेखि (माघ २२ गतेदेखि माघ २९ गतेसम्म) एचपिभी  खोप अभियान सञ्चालन गरेको छ । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि –४ स्थित चुनदेवी माध्यामिक विद्यालयको खोप केन्द्रमा आज  अभियानको शुभारम्भ गर्नुभयो । खोप अभियानका लागि नगरपालिकाको १५ वटै वडामा ७० वटा खोपकेन्द्रको व्यवस्था गरिएको छ ।  खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका  सामुदायिक र सस्थागत विद्यालय  र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिव ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइने लक्ष्य राखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले कक्षा ६ देखि १० सम्मका  सामुदायिक र सस्थागत विद्यालय  र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई आजदेखि सुरु भएको खोप अभियानमा सहभागी भई खोप लगाउन आह्वान गर्नुभयो ।   

cha na pa HPV 2.jpg


जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले  भन्नुभयो “ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल देशव्यापी रुपमा आजदेखि   (माघ २२ गतेदेखि फागुन ६ गतेसम्म)  एचपिभी  खोप अभियान सञ्चालन गर्दै छ । तर हामीले यो अभियान अन्तर्गत आजदेखि माघ २९ गतेभित्र नै लक्षित किशोरीलाई खोप लगाउने कार्य सम्पन्न गर्ने गरी कार्यतालिका बनाएका छौँ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  किशोरीलाई एचपिभी खोप लगाउने नीति र अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकामा आवश्यक सबै तयारी पूरा गरेर खोप लगाउन सुरुआत गरेका छौँ ।” नगरपालिकाले सामुदायिक र सस्थागत दुवै   विद्यालयमा, आफ्ना १८ स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी मार्फत्  आजदेखि माघ २९ गते भित्र किशोरीहरुलाई  ‘एचपिभी’ खोप लगाउने कार्यतालिका बनाएको  वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोले बताउनुभयो । 

चन्द्रागिरि नगरपालिकाका प्रमुख  गिरीले एक सन्देश जारी गर्दै आजदेखि सञ्चालन भएको एचपिभी खोप अभियानमा सहभागी भई  निर्धक्कसाथ खोप लगाउन किशोरीहरुलाई आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो “ म सामुदायिक र सस्थागत विद्यालयमा  कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाउन आग्रह गर्दछु । नगरपालिकाले स्वस्थ्य नगरवासी बनाउन स्वास्थ्य सेवालाई उच्च प्राथमिता दिएको छ । ” एचपिभी खोप अभियानका क्रममा लक्षित  सबै  किशोरीलाई  खोप पहुँचमा पु¥याउन आवश्यक तयारी गरिएको जानकारी दिनुहुँदै जीवन बचाउने र रक्षा गर्ने कार्य नै नगरपालिकाको पहिलो काम हो भन्नुभयो । एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई घटाउन सहयोग पुग्ने बताइएको छ ।

कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी , चन्द्रागिरि  –१५ का वडाध्यक्ष एवं सामाजिक समितिका सभापति  घनश्याम लुईँटेल ,जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत महतो, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक विष्णुमाया रिजाल लगायत स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो । ch na pa HPV 1.jpg


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend