Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

संघ, प्रदेश र स्थानीय साझेदारीमा शिक्षा कोषको स्थापना गर्न प्रस्ताव


सूचना कुण्ड
संघ, प्रदेश र स्थानीय साझेदारीमा शिक्षा कोषको स्थापना गर्न प्रस्ताव

काठमाडौं, माघ २० : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/०८२ को मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा (दोस्रो त्रैमासिक प्रगति समीक्षा) आज सम्पन्न भयो।

बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरुको भौतिक तथा वित्तिय प्रगति, मन्त्रालयबाट दोस्रो त्रैमासिक अवधिमा सम्पादित प्रमुख कार्यहरु, माइलस्टोनमा उल्लेख भएका विषयहरुको कार्यान्वयन अवस्था, सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूबीच भएका कार्यसम्पादन सम्झौताका विषयहरुको कार्यान्वयन अवस्थाको समीक्षा गरियो।

कार्यक्रम माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा बसेको उक्त बैठकमा आफ्ना धारणा राख्दै माननीय मन्त्रीज्यूले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकोले शिक्षामा लगानी गर्न सरकार तयार रहनुपर्ने, शिक्षकलाई मेन्टरको रुपमा विकास गर्नुपर्ने र संस्थागत विद्यालयमा समेत सुशासनको पक्षलाई ध्यानदिनुपर्नेमा जोड दिनुभयो।

उक्त बैठकमा मन्त्रालयका सचिवद्वय (शिक्षा तथा विज्ञान प्रविधि),अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरु, महाशाखा प्रमुखहरु, विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो। बैठकले संघ, प्रदेश र स्थानीय साझेदारीमा शिक्षा कोषको स्थापना गर्ने र CLPIU को कार्यक्षेत्र विस्तार गर्ने विषयलाई राष्ट्रियस्तरीय विकास समस्या समाधान समितिमा लैजाने विषय प्रस्ताव गरेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend