Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटबाट धुलिखेल सम्म महानगर यातायात सेवा शुरु


सूचना कुण्ड
चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटबाट धुलिखेल सम्म महानगर यातायात सेवा शुरु

 

काठमाडौं, माघ १० : चन्द्रागिरि प्राथमिक अस्पताल थानकोट - धुलिखेल रुटमा यात्रुहरूलाई सेवा प्रदान गर्न महानगर यातायात प्रालिले आजदेखि ४० वटा यात्रु बस सेवा सुरु गरेको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीज्युले एक कार्यक्रमका बीच सो बस सेवा शुभारम्भ भए को जानकारी गराउनु भयो। सिप्रदी ट्रेडिङ्ग प्रालिले सोही कार्यक्रममा बसहरूको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो। नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरूमा पनि सेवा बिस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताए।

Mahanagar Bus.jpg

हालका लागि ती बस थानकोट गोदाम - चेकपोस्ट-सतुङ्गल-कलंकी-बल्खु- कोटेश्वर-भक्तपुर-बनेपा हुँदै धुलिखेलसम्म पुग्नेछन्। फर्कँदा भने ती बस कोटेश्वरबाट सिनामंगल- चक्रपथ- कलंकी हुँदै थानकोट गोदाम पुग्नेछन्।

साथै, महानगर यातायात प्रा.लि.ले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने निर्णय गरेको पनि खतिवडाले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend