काठमाडौँ, माघ १० ःकाठमाडौं लगायत विभिन्न ठाउँहरूमा दुई तीन दिनदेखि दिउँसोको समयमा चरक्कै पोल्ने घाम लाग्न थालेको छ।
अधिकतम तापक्रम तापक्रम असामान्य रूपमा बढेको छ।बुधबार काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि २३ देखि २५ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान छ।
बुधबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ।
२१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ। बुधबार न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार माघ लागेपछि तापक्रम बिस्तारै बढ्दै जान्छ तर अहिले बढेको तापक्रमको 'ट्रेन्ड' भने अलि बढी नै हो।
