Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से परिसूचक बढ्यो, सेयर कारोबार रकम घट्यो


सूचना कुण्ड
नेप्से परिसूचक बढ्यो, सेयर कारोबार रकम घट्यो

काठमाडौँ, माघ ८ ः धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज  ५.०८ अंकले बढेको छ । नेप्से परिसूचक ०.१९ प्रतिशतले वृद्धि भएर २६१३.०८ विन्दुमा बन्द भएको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा कमी आएको छ ।

सोमबारको सेयर कारोबार रकमको तुलनामा ३८ करोड रुपैयाँले कमी आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन ६ अर्ब १९ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

१०६ कम्पनीको सेयर मूल्य बढेको छ । १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ ।

परिसूचक सर्वाधिक वृद्धि ‘अन्य’ समूहको भएको छ । मंगलबार यो समूहको परिसूचक २.७९ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend