Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी


सूचना कुण्ड
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी

काठमाडौ, माघ ६ : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने वताउनु भएको छ । किसान आयोगको ८ औ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कृतिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराउनुभयो । अहिले पनि धेरै परिवार कृषिमा लागेका छन तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक वनाउन आवश्यक छ , मन्त्री अधिकारीले भन्नुभयो । बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी छ , मन्त्री अधिकारीले भन्नुभयो । यसका लागि तिनै तहका सरकारको सामुहिक प्रयास जरुरी छ ,मन्त्री अधिकारीले भन्नुभयो । कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भैरहेको छ तर हामीले खाने आन्न तरकारीले रोग निम्त्याईरहेने अवस्था आउनु हुदैन ,मन्त्री अधिकारीले भन्नुभयो । अब विषादी न्युनीकरण गर्ने तर्फ पनि सबैको प्रयास जरुरी छ, मन्त्री अधिकारीले वताउनुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend