Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यही माघ २२ गतेदेखि २९ गतेसम्म ‘एचपिभी  खोप’ अभियान सञ्चालन गर्दै चन्द्रागिरि नगरपालिका 


सूचना कुण्ड
यही माघ २२ गतेदेखि २९ गतेसम्म ‘एचपिभी  खोप’ अभियान सञ्चालन गर्दै चन्द्रागिरि नगरपालिका 

काठमाडौँ, माघ ४ :चन्द्रागिरि नगरपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही माघ २२ गतेदेखि माघ २९ गतेसम्म ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी)  खोप अभियान सञ्चालन गर्ने भएको छ  । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ‘एचपिभी खोप अभियान २०८१’ सञ्चालन सम्बन्धी नगरपालिका स्तरीय खोप समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले खोप अभियानमा लक्षित वर्गका सबै किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाउन सरोकार निकायले समन्वयात्मक काम आग्रह गरेको छ ।   

नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका  सामुदायिक र सस्थागत विद्यालय  र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिव ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइने तयारी गरिएको बैठकमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल देशव्यापी रुपमा यही  यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपिभी  खोप अभियान सञ्चालन गर्दै छ । तर हामीले यो अभियान अन्तर्गत यही माघ २२ गतेदेखि माघ २९ गतेभित्र नै लक्षित किशोरीलाई खोप लगाउने कार्य सम्पन्न गर्ने गरी कार्यतालिका बनाएका छौँ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  किशोरीलाई एचपिभी खोप लगाउने नीति र अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकामा आवश्यक तयारी अगाडि बढाएको छ ।”

एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने बताइएको छ । नगरपालिकाले सामुदायिक र सस्थागत दुवै  ५३ विद्यालयमा, आफ्ना १७ स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मी मार्फत् यही माघ २२ गतेदेखि माघ २९ गत भित्र किशोरीहरुलाई  ‘एचपिभी’ खोप लगाउने कार्यतालिका बनाएको  वरिष्ठ जनस्वास्थ्य अधिकृत महतोले बताउनुभयो । 

बैठकमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बैठकमा एचपिभी खोप अभियानका क्रममा लक्षित  सबै  किशोरीलाई  खोप लगाउन  जनस्वास्थ्य शाखालाई निर्देशन दिनुहुँदै जीवन बचाउने र रक्षा गर्ने कार्य नै नगरपालिकाको पहिलो काम हो भन्नुभयो । उहाँले भन्नुभयो “ नगरपालिकाले स्वस्थ्य नगरवासी बनाउन स्वास्थ्य सेवालाई उच्च प्राथमिता दिएको छ ।”

Hem.jpg
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले खोप अभियान सञ्चालन गर्दा लक्षित बर्गले अपनत्व लिएमा अभियान सफल हुने चर्चा गर्दै बजेट खर्च गर्दा प्राथमिकता दिन आग्रह गर्नुभयो । उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी वडा न १ का कार्यवाहक वडाध्यक्ष सुनिता रोक्काले एचपिभी  खोप अभियानलाई सफल बनाउन बैठकमा आह्वान गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend