काठमाडौँ, माघ ३ : चन्द्रागिरि नगरपालिका र युएनओपिसव्दारा संयुक्त रुपमा भ्यालिडेसन एण्ड फिडव्याक ओर्कसप अन जेण्डर एण्ड पार्टिसिपेसन ग्याप एसिसमेन्ट इन म्युनिसिपालिटज नामक दुईदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । दुईदिने सो गोष्ठीमा चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष एवं कार्यपालिका सदस्यको सहभागिता रहेको छ ।
युएनओपिसको सहकार्यमा चन्द्रागिरि नगरपालिकाले नगरलाई महिला मैत्री शहर बनाउन सिटिइज4ओमन कार्यक्रम कार्यान्वयन गरिराखेको छ । , चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले कार्यशालाको उद्घाटन गर्नुहँदै नगरको भौतिक पूर्वाधारका साथ साथमा सास्कृतिक, सामाजिक,शिक्षा र स्वास्थ्य विकासमा उच्च प्राथमिकता दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो“नगरको विकासका लागि राजनीतिक आस्था, विचारभन्दा माथि उठेर काम गर्नुपर्छ । मेले यही सोचले काम गरेका हुनाले अन्तराष्टिय क्षेत्रमा नगरको साख र प्रतिष्ठा माथि उठेको छ । ” नगरप्रमुख गिरीले चन्द्रागिरिको समग्र विकासका खाँका सम्बन्धी भिएलआर रिपोर्ट यूएनमा पेश गरेको , थानकोटमा सुविधा सम्पन्न प्रसुती अस्पताल बन्न लागेको र नगरका सेवा जिपिएस जिआइएस मार्फत प्रवाह हुन थालेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले समृद्ध चन्द्रागिरि बनाउने अभियानका क्रममा नगरपालिकालाई पैसाभन्दा ज्ञानको अभाव रहेको चर्चा गर्दै साझेदारी निकायले के बनाइदिऔँ भन्दा कति सीप हस्तान्तरण गरौँ भन्ने कुरामा ध्यान दिनुपर्छ भन्नुभयो । कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ तथा शहरी विकास मन्त्रालयका बरिष्ठ समाजशास्त्री कमल अधिकारीले गोष्ठीको विविध पक्षमाथि चर्चा गर्नुभएको थियो ।
