Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नगपालिका क्षेत्रभित्र विज्ञापन बोर्ड राख्नु पूर्व स्वीकृति लिन चन्द्रागिरि नगरपालिकाको आग्रह


सूचना कुण्ड
नगपालिका क्षेत्रभित्र  विज्ञापन बोर्ड राख्नु पूर्व  स्वीकृति लिन   चन्द्रागिरि नगरपालिकाको आग्रह

काठमाडौँ, पुस २८ : चन्द्रागिरि नगरपालिकाले स्वीकृति  लिएर मात्र नगरपालिका क्षेत्रभित्र विज्ञापन बोर्ड राख्न व्यक्ति, संघसस्था, कम्पनीलाई अनुरोध गरेको छ ।


 स्थानीय सरकार सञ्चालन ऐन २०७८ र आर्थिक ऐन २०८१ मा कुनै व्यक्ति, संघसस्था, कम्पनीबाट विज्ञापन बोर्ड राख्नु पूर्व नगरपालिकाको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको  हुँदा नगरपालिकाले अनिवार्य स्वीकृति लिएर विज्ञापन बोर्ड राख्न सूचित गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले एक सूचना जारी गर्दै नगरपालिकाको अनिवार्य स्वीकृति लिएर विज्ञापन बोर्ड राख्न र विज्ञापन कर बुझाउन आग्रह गर्नुभएको हो ।  


सूचनामा भएिको छ  “नगपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा अनुमति नलिई तथा कानुन बमोजिम बुझाउनुपर्ने विज्ञापन कर समेत नबुझाइ जथाभावी रुपमा विभिन्न व्यक्ति, संघसस्था, कम्पनीहरुको विज्ञापन तथा प्रचार प्रसार  सामग्रीहरु राखिएको पाइएकाले अनुमति नलिइ तथा विज्ञापन कर नबुझाइ राखिएका त्यस्ता प्रचार प्रसार सामग्रीहरु  होर्डिङ बोर्ड, फ्लेक्स, व्यानर, डिस्प्ले बोर्ड, परिचय पाटी लगायतका सम्पूर्ण विज्ञापन सामग्री  राख्ने व्यक्ति, संघसस्था, कम्पनीहरुले यो सूचना प्रकाशित भएको ३० दिनभित्र चन्द्रागिरि नगरपालिकाका राजश्व  प्रशासन शाखामा सम्पर्क गरी नगरपालिकाको आर्थिक ऐन बमोजिम लाग्ने विज्ञापन कर बुझाउन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तत् पश्चचात यस कार्यलयबाट स्वीकृत बिना राखिएका तथा कर नबुझाई राखिएका सम्पूर्ण विज्ञापन सामग्री हटाइ जफत गरिने व्यहोरा समेत जानकारी गराइन्छ । ”


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend