काठमाडौं, पुष २८ : ललितपुर महानगरपालिका वडा नं २३, धापाखेल गैरीगाउँ क्षेत्र आगलागीको ठूलो क्षतिबाट जोगिएको छ । आज गएराति ३ वजेको समयमा एउटा घरबाट सल्किएको आगलागीबाट टोलका अन्य धेरै घरमा आगोले क्षति पुर्याउन खोजेपछि स्थानीयमा कोलाहल र भागदौड शुरु भएको थियो ।
स्थानीय सावित्रा पाण्डेका अनुसार गैरी गाउँ टोलमा रहेको एउटा मानवरहित घरबाट आगलागि शुरु भएकाले के कति कारणले भयो भन्ने यकिन विवरण आइसकेको छैन । उक्त घरमा मानिसहरु नवस्ने हुनाले मानवीय क्षति हुन पाएन तर घरसँग राखिएको एउटा प्राइभेट कार जलेर नष्ट भएको छ । ललितपुर महानगरको दमकल समयमा नै घटनास्थल पुग्न सक्नु र रातीको समयमा हावाको चापहरु नभएकाले थप क्षति नभएको बताइएको छ ।
