Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एसइईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने बलम्बु माध्यामिक विद्यालयले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै


सूचना कुण्ड
एसइईमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने बलम्बु माध्यामिक विद्यालयले बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै

काठमाडौँ, पुस २६ : चन्द्रागिरि नगरपालिका वडा न १२ स्थित बलम्बु माध्यामिक विद्यालयले बहुप्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको छ । यसका लागि दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा भौतिक पूर्वाधार तयार समेत गरिएको छ । करिव  दुईकरोड ६४ लाख रुपैयाँको लागतमा  विद्यालय परिसरमा बहुप्राविधिक शिक्षालयका लागि भवन तयार भएको छ ।

फाउन्डेशनको  ७० र चन्द्रागिरि नगरपालिकाको ३० प्रतिशत  लागतमा भवन तयार भएको बलम्बु  माध्यामिक विद्यालयका प्रधानाध्यापक सुमन रावतले जानकारी दिनुभयो । बहुप्राविधिक शिक्षालय पठन पाठनका लागि आवश्यक प्रयोगशाला, सामग्री, फर्निचर तथा औजारहरु धमाधम जडान  गरिँदै छ । 

 नव निर्वित भवनको आगामी माघ १ गते उद्घाटन गर्ने कार्यक्रम नगरपालिकाले तय गरेको जनाइएको छ ।  प्राविधिक शिक्षा तथा व्यावसायिक  शिक्षा परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन,इलेक्ट्रिसियन, अटोमोबाइल मर्मत, मोबाइल मर्मत  चार विधामा स्नातक तह बराबरको बहुप्राविधिक शिक्षालयमा सीप सिकाइने प्रधानाध्यापक रावतले बताउनुभयो  । उहाँका अनुसार बलम्बु  माध्यामिक विद्यालयमा साधारण तर्फ कक्षा ९ देखि १२ अध्ययन गरिराखेका विद्यार्थीले  आफू रुचिको ती विधा मध्ये एकविधामा अध्ययन गर्न सक्ने छन् । विद्यार्थीले ब्युटिसियन, इलेक्ट्रिसियन,अटोमोबाइल मर्मत र मोबाइल मर्मत पढाइमध्ये एक रोज्नुपर्ने हुन्छ।

विद्यार्थीहरुले कक्षा १२ उत्तीर्ण हुँदा साथमा स्नातक  तह बराबरको अध्ययन पूरा गर्न सक्ने जनाइएको छ ।चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले  भन्नुभयो  '९ कक्षादेखि प्राविधिक शिक्षा पढ्न थालेको विद्यार्थीको १२ कक्षा पास गर्दा एक हातमा  शैक्षिक प्रमाणपत्र  अर्को हातमा प्राविधिक शिक्षाको  । बेरोजगारीको समस्या भोग्नु पर्दैन। हाम्रो उद्देश्य पनि यही हो।'

चन्द्रागिरि नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत हेमराज अर्यालले भन्नुभयो  'विद्यालय शिक्षा र व्यवसायिक शिक्षालाई जोड्न र  स्वरोजगार बन्न   बहुप्राविधिक शिक्षालयबाट सहयोग पुग्ने छ ।  

लिखित र सीपमूलक परीक्षा दुवै मार्फत विद्यार्थीको मूल्याङ्कन गरिने जनाइएको छ । गत वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)मा शत् प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको बलम्बु माध्यामिक विद्यालयमा तीनसय विद्यार्थी अध्ययनरत छन् । 

विद्यार्थीलाई विद्यालय शिक्षासँगै प्राविधिक शिक्षाको पनि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हुँदा विद्यालय शिक्षा पछिको समयमा बेरोजगार बस्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend