Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न


सूचना कुण्ड
आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ, पुस २६ :  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडकोे दोस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीको अध्यक्षतामा आज सम्पन्न भएको छ । साधारण सभाले आव. २०८०/८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ । 

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हाल शहरी क्षेत्रमा मात्र सिमित रहेको ब्रोकर सेवालाई ग्रामिण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र ग्रामिण क्षेत्रमा रहेका जनताहरुले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने  बताउनुभयो । 

आरविवि सेक्युरिटीज कम्पनीका प्रमुख कार्यकारी अधिकृत वेनी श्रेष्ठले हाल २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यवसायिक कारोबार(ब्रोकर) मिति २०८१ असार २६ गतेबाट सुरु गरेको बताउनुभयो । नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरविवि सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजार सम्बन्धी सेवाहरु प्रदान गरिरहेको छ ।

साधारण सभामा आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालकहरु गायत्री श्रेष्ठ, राज्य लक्ष्मी खड्गी, शेयरधनीका प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार देविप्रसाद सुवेदी, बाह्य लेखापरीक्षक सिए आनन्दराज शर्मा वाग्ले लगायत आरविवि सेक्युरिटीजका कर्मचारीकोे उपस्थिति रहेको उपकार्यकारी अधिकृत एवं सुचना अधिकारी  पवन रेग्मीले जानकारी दिनुभयो । 



प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend