काठमाडौं, पुष २५ : लगातार ६ दिनको बृद्धिपछि साताको अन्तिम दिन विहिवार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ ।
यस दिन नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा बन्द भएको छ। तर कारोबार रकम भने बढेको छ।
गत कारोबार दिन अर्थात् बुधबार छ अर्ब ४० करोडको सेयर कारोबार भएकोमा बिहीबार सात अर्ब ३० करोडको सेयर कारोबार भएको छ।
यसदिन बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ भने सप्तकोशी डेभलपमेन्टको मूल्य ९.२३ प्रतिशत र माया खोला हाइड्रोपावरको मूल्य ८.४६ प्रतिशतले घटेको छ। बिहीबार सुपर माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा ३.१२ प्रतिशत घटेको यस कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४९२ रूपैयाँमा ४४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिनर्जी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३५८ रूपैयाँमा २८ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक २.९३ प्रतिशतले घटेको छ भने दोस्रोमा विकास बैंक समूहको परिसूचक २.०४ प्रतिशतले घटेको छ।
