Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिकाको प्राङगणमा पुस २८ गते विहान ९वजेदेखि साँझ ५ वजेसम्म सहरी हाटबजार लाग्ने


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकाको प्राङगणमा   पुस २८ गते विहान ९वजेदेखि साँझ ५ वजेसम्म  सहरी हाटबजार लाग्ने

काठमाडौँ, पुस २४  : चन्द्रागिरि नगरपालिकाले  नगरपालिकाको प्राङगणमा यही पुस २८ गते आइतबार विहान ९ वजेदेखि साँझ ५ वजेसम्म सहरी हाटबजार आयोजना गर्ने भएको छ । 

गरिवी र निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत तालिम लिइ व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी तथा उद्यमी, मौलिक सीपमा आधारित व्यवसायका लागि अनुदान प्राप्त गरेका व्यवसायी तथा उद्यमीव्दारा उत्पादित स्थानीय बस्तुहरुको प्रदर्शनी तथा विक्रि वितरणका लागि स्थानीय उत्पादन प्रदर्शनी तथा विक्री मेला हुन लागेको हो । 

चन्द्रागिरि नगरपालिका, उद्योग वाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख राजुबहादुर खड्काका अनुसार मेलामा हस्तकलाका सामग्री, काष्ठकला, खानाका परिकार लगायत वस्तु रहने छन् । 


नेपालस्थित जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पादाधिकारीले  यही पुस १० गतेको स्थानीय उत्पादन प्रदर्शनी तथा विक्री मेलाको  अभिरुचि पूर्वक अवलोकन गर्नुभएको थियो । नगरपालिकाले स्थानीय उत्पादन तथा विक्रि वितरणको प्रवर्धन गर्न यसप्रकारका हाट वजार सञ्चालन गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend