Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘फुडल्याब भ्यान’  व्दारा चन्द्रागिरि नगरपालिका भित्र सञ्चालित केही  डेरी, बेकरी तथा दुग्ध  पसलमा अनुगमन


सूचना कुण्ड
‘फुडल्याब भ्यान’  व्दारा चन्द्रागिरि नगरपालिका भित्र सञ्चालित केही  डेरी, बेकरी तथा दुग्ध  पसलमा अनुगमन


काठमाडौं, पुस २४ :  संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका भित्र सञ्चालित केही  डेरी, बेकरी तथा दुग्ध पदार्थ पसलमा अनुगमन गरेको छ ।  चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिनिधिको सो अनुगमन टोलीमा सहभागीता रहेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागव्दारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला  ‘ फुडल्याब भ्यान’ बाट डेरी, बेकरी तथा दुग्धक्षेत्रको अनुगमनमा बिक्री वितरणमा राखिएका दूधको ७, खुवा १, घिउ ५, पनिर १, दही ३ र महको १ गरी कुल १८ थान नमुना संकलन गरी मोबाइल फुड ल्याब भ्यानमार्फत परीक्षण गरिएको थियो ।

निरीक्षण अनुगमन क्रममा एनडीडी कृषि तथा पशुपन्छी फार्म चन्द्रागिरि–१५ मा उपभोग्य मिति गुज्रेका ४ बट्टा दही तथा १ थान लाच्छा पराठा पाइएकामा नष्ट गरेको विभागले जनाएको छ । यस्तै पौडेल डेरी चन्द्रागिरि–१२ को खुला दूधको नमूना परीक्षणमा ‘न्यूट्रलाइजर’ पाइएकाले १२ लिटर नष्ट गरी कारबाही गरिएको विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend