Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शीतलहरले पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित


सूचना कुण्ड
शीतलहरले पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित

काठमाडौं, पुष २४ : शीतलहरका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी- दुम्किवास-दाउन्ने सडक खण्डमा यातायात अवरूद्ध भएको छ। शीतलहरले सडक हिलाम्मे भएको र सवारीसाधन चिप्लिने कारणले सवारी साधन बाटोमै रोकिएर सडक अवरुद्ध भएको जनाइएको छ ।

लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार मंगलबार राती साढे १२ बजेदेखि पूर्वतर्फ जाने र पश्चिमतर्फ आउने दुबै तर्फका सवारी साधन सडकमा रोकिएका छन्। शीतलहरका कारण सडकमा चिप्लिने अवस्था भएपछि दाउन्नेबाट पुर्वतर्फ जाने सवारी साधनलाई बाटोमै रोकेर राखिएको लुम्विनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिए। ओरालो र अफ्ठ्यारो सडकमा शीतलहर अत्यधिक भएकाले दुर्घटनाको जोखिम भएपछि सवारी साधनलाई गुड्न रोक लगाइएको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई मधेशका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेकाले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend