काठमाडौँ, पुस २२ : चन्द्रागिरि नगरपालिकाले ११५ औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा महिला अधिकारका क्षेत्रमा महत्वपूर्ण एवं अतुलनीय योगदान पुर्यउने महिलालाई सम्मान गर्ने भएको छ । यसका लागि आवश्यक विवरण १५ दिनभित्र नगरपालिकामा उपलब्ध गराउन नगरपालिकाको सामाजिक विकास शाखाले आग्रह गरेको छ ।
शाखाका प्रमुख रश्मी श्रेष्ठव्दारा हस्ताक्षरित सूचनाका अनुसार ती क्षेत्रहरुमा महिला अधिकारका क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव हासिल गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय सयन्त्रमा आवद्ध भएको, सरकारी सेवाको उपसचिव वा सो भन्दा माथिल्लो पदमा कार्यरत वा पदबाट सेवा निवृत कर्मचारी , समाज सेवमा २० वर्ष समर्पित भइ प्रतिष्ठित पद हासिल गरेको , विद्यावारिधि हासिल गरेको , विगतमा पाँचवर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गरी कम्तीमा पाँचजना महिलालाई रोजगारी प्रदान गरिरहेको व्यवसायी उद्यमी रहेका छन् ।
यसका लागि नागरिकताको प्रतिलिपि , बसाईसराई वा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि , विषयविज्ञता खुल्ने वा सेवा प्रमाणित कागजातको प्रतिलिपि , व्यवसायदर्ता प्रमाणपत्रको प्रतिलिपि र महिला रोजगारहरुको नियुक्ति प्रति आवश्यक हुने सूचनामा जनाइएको छ । ...
