Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

नेप्से परिसूचक आज उच्च अंकले बढ्यो


सूचना कुण्ड
नेप्से परिसूचक आज उच्च अंकले बढ्यो

 काठमाडौँ,पुस २२ : नेप्से परिसूचक आज उच्च अंकले बढेको छ।नेप्से ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा बन्द भएको छ।आज नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ। 

गत कारोबार दिन अर्थात् आइतबार चार अर्ब ८६ करोडको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ३० करोडको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४४ करोड रूपैयाँ वृद्धि भएको हो।

आज ३१२  धितोपत्रको एक करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच भएको हो।सोमबार २२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ। यस्तै चार कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६ हजार ७३२ रूपैयाँ कायम भएको छ।

यस्तै, सुपर मादी हाइड्रोपावरको मूल्य ९.७० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४९३ रूपैयाँ पुगेको छ।सोमबार उपकार र सामुदायिक लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतका दरले घटेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः चार हजार ३५६ रूपैयाँ र दुई हजार ११७ रूपैयाँ ८० पैसा कायम भएको छ।

सोमबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९० रूपैयाँमा २९ करोड नौ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४.८१ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा साहस ऊर्जा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०४ रूपैयाँ ४० पैसामा १३ करोड ६५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ। दोस्रोमा लगानी समूहको परिसूचक ३.२३ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend