Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

चन्द्रागिरि  ८ भित्र सञ्चालित  खानेपानी  उद्योगहरुव्दारा उत्पादित पानी गुणस्तरीय : अनुगमन टोली  


सूचना कुण्ड
चन्द्रागिरि  ८ भित्र सञ्चालित  खानेपानी  उद्योगहरुव्दारा उत्पादित पानी गुणस्तरीय : अनुगमन टोली  

काठमाडौँ, पुस १९ : संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका वडा  नं ८ भित्र सञ्चालित  खानेपानी उद्योगहरुमा आज आकस्मिक अनुगमन  गरेको छ । चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन  कार्यालय काठमाडौँ,  प्रहरी वृत्त थानकोट र  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिको सो अनुगमन टोलीमा सहभागिता रहेको थियो । 

खाद्य प्रविधि तथा गुणस्तर विभागव्दारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला मार्फत गरिएको सो परीक्षणमा चन्द्रागिरि  ८ स्थित खानेपानी उद्योगहरुव्दारा उत्पादित खानेपानीमा गुणस्तरीय  भएको पाइएको थियो ।

चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख एवं अनुगमन टोलीका सदस्य राजुबहादुर खड्काले चन्द्रागिरि  ८ स्थित खानेपानी उद्योगव्दारा उत्पादित खानेपानीमा पीउन योग्य तथा गुणस्तरीय पाइएको जानकारी दिनु थियो ।  अनुगमनका क्रममा टोलीले पानी भर्न अयोग्य केही बोतल तथा जार नष्टगरेको जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend