काठमाडौँ, पुस १९ : चन्द्रागिरि नगरपालिकाले स्थानीय पूर्वाधार विकास सम्बन्धी योजनाहरुको गुणस्तर जाँच गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१ / ०८२ मा सञ्चालन हुने योजनाको गुणस्तर जाँच गर्न लागेको हो ।
यसका लागि नगरपालिकाले योजनाको गुणस्तर जाँच गर्न ल्याव टेष्ट आवश्यक आवश्यक पर्ने हुँदा सो सम्बन्धी कार्य गर्न इच्छुक फर्महरुलाई सूचिकृत गर्न सूचना जारी गरेको छ । स्थानीय पूर्वाधार विकास शाखाका प्रमुख लवकुमार गुप्ताव्दारा जारी सूचनामा खरिद नियमावली अनुसार सूचिदर्ताका लागि सस्था वा फर्म दर्ताको प्रमाणपत्र, स्थायी लेखा नम्बर , कर चुक्ता प्रमाणपत्र र आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्र आवश्यक पर्ने उल्लेख छ । ...
