Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह, कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिन्छ ः इजरायली राजदुत बास


सूचना कुण्ड
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह, कृषि क्षेत्रमा नेपाली कामदार  लैजान सकिन्छ ः इजरायली राजदुत बास

काठमाडौं, पुस १८ : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ ।

आज सिहंदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदुत स्मुलिक बास सँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायल वीच ६५ वर्ष देखिको मैत्रीपुर्ण सम्वन्ध रहिआएको उल्लेख गर्दे दुई मूलूक वीच भएको कृषि क्षेत्रमा सहकार्य सम्वन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदुत समक्ष आग्रह गर्नुभयो । मन्त्री अधिकारीले नेपाल र इजरायल वीच सम्झौता भई कार्यन्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवाहरुलाई अवसर सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गर्नुभयो ।

इजरायलले नेपाली विधार्थीहरुलाई उपलब्ध गराउदै आएको छात्रवृतिले नेपालको कृषि क्षेत्रमा महत्वपुर्ण सहयोग पुगेको भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको विकासका लागि इजरायल सरकार सँग भएको सम्झौता अनुरुप सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि क्षेत्रहरुको छनौट भैसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदुत समक्ष आग्रह गर्नुभयो ।

करिव ५ हजार नेपालीहरु हाल इजरायलमा कार्यरत रहेको र यसवाट उनीहरुको जिवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गर्नुभयो । त्यस क्रममा राजदुत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको वताउनुभयो ।

राजदुत वासले यसै वर्ष नेपालले छनौट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्घता व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको भन्दै राजदुत बासले कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देश वीच भएका सहमतीहरुको कार्यन्वयनमा आफुले ध्यान दिने पनि राजदुत बासले वताउनुभयो।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend