Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

"दिलमायाको चिया दोकान" बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक


सूचना कुण्ड
"दिलमायाको चिया दोकान" बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौँ, पुस १८ :  ताप्लेजुङमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको "दिलमायाको चिया दोकान" बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार राजनराज सिवाकोटीको संगीत, लोकप्रिय गायिका मिलन नेवार र वरिष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड तथा किशोर थापाले मिक्स / माष्टर गरेका छन । 

ताप्लेजुङको फुङलिङ बजारको तमोर एफ.एम. अगाडी अवस्थित यो चिया दोकानको लोकप्रियता यसको स्वाद र यो गीतसग जोडिएको छ ! गीतको भिडियोमा नव कलाकारहरु नवीन भट्टराई, मारियम सिवा, निर्मला लावुङ (मिरा), दिनेश लिङ्खिम लगायतले अभिनय गरेका छन ।  गीतको कोरियोग्राफी हिमा बराईली (बि बोइङ डान्स सेन्टर) ले गरेकि छिन ! क्यामेरामा भुपेन्द्र योङ्हाङ र फुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटी पार्लर फुङलिङ बजार रहेका छन । 

भिडियोको निर्देशन मिलन बिश्वकर्माले गरेका छन भने प्रोडक्सनको पुर्ण जिम्मेवारी पाथीभरा कृयशन हाउस प्रा. लि.का हर्कराज गुरुङले गरेका छन! बदलिदो समाजलाई हाम्रो मौलिक परिचय "चिया दोकान" ले परिभाषित गर्ने हेतु चर्चित साहित्यकार भट्टराईले जुराउनु भएको नाम "दिलमायाको चिया दोकान"ले नेपाली मौलिकता र राजनीति विश्लेषण गर्ने थलोको रुपमा परिभाषित छन ।  अडियो भिडियोको निर्माणमा प्रजिन हाङबाङ, युवराज गिरी, लोकेश लिवाङ, काजी गुरुङ, हर्क राज पालुङ्वा, डम्बर लङ्वा, युवराज घोर्साईं, राजेन्द्र पन्त, सुनिल रेग्मी, आशिष केदेम, करण गौतम, रमला लिम्बु, सुरेन्द्र कार्की / मनिसा भट्टराई - कालिज कटेज, दिनेश लिङ्खिम, लेखक प्रशान्त, छेतेन शेर्पा खगेन्द्र अधिकारी, एलिना दियाली, सन्तोष पुर्कुटी, सेविका (दिलमाया) लगायतको सहभागिता रहेको छ । 


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend