Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

चन्द्रागिरि नगरपालिकाद्वारा आगामी माघ २२ गतेदेखि १० देखि १४ वर्षका किशोरीलाई ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्दै 


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकाद्वारा आगामी माघ २२ गतेदेखि १० देखि १४ वर्षका किशोरीलाई ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्दै 

कठमाडौँ, पुस १६ :  चन्द्रागिरि नगरपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २२ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भएको छ  । 

 यसका लागि नगरपालिकाले किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन आवश्यक तयारी गरेको छ । नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिव ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो “ पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरूद्ध खोप लगाउनुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको  किशोरीलाई एचपिभी खोप लगाउने नीति र अभियान अन्तर्गत चन्द्रागिरि नगरपालिकामा तयारी गरिएको छ । ”

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीका अनुसार सरकारले आइतबार मात्र चार लाख ९६ हजार दुई सय ८० मात्रा एचपिभी खोप ल्याइएको थियो । 


सरकारले यसभन्दा अघि दुई पटक एचभिपी खोप ल्याइसकेको छ । उक्त खोप टेकुस्थित भण्डारण कक्षमा राखिएको छ । यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको र यो खोप पनि प्रदेश कार्यालयमा पठाइने निर्देशक रायमाझीले जानकारी दिनुभयो ।

‘एचपिभी’ खोप  र खोपका लागि ‘ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा चीनबाट नेपाल ल्याइएको हो । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई एचपिभी खोप लगाइने लक्ष्य राखिएको बताउनुभयो । 

नेपालमा वार्षिक दुईहजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण अकालमा मृत्यु हुने जनाइएको छ । एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend