Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

विश्वविद्यालयहरूको विकास र सुधारको विषयमा छलफल


सूचना कुण्ड
विश्वविद्यालयहरूको विकास र सुधारको विषयमा छलफल

काठमाडौ  पुष १६ : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उच्च शिक्षा क्षेत्रमा सुधार र गुणस्तर कायम राख्नका लागि सबै विश्वविद्यालयका नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोगको परिषरमा आयोजित कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुसँग भट्टराईले ले सम्वन्धनको बिषय पेचिलो भएकोले यस विषयलाई वैज्ञानिक दृष्टिकोणबाट हेरिनुपर्ने, विश्वविद्यालय स्वायत्त संस्था भएकोले नियन्त्रणको आवश्यकता नपर्ने तर स्व:अनुशासन र स्व: नियन्त्रण आवश्यक रहने कुरा उल्लेख गर्नुभयो।

शिक्षाको केवल विस्तार गर्ने मात्र नभई यसले जीवनस्तर सुधार्नका लागि पर्याप्त आम्दानी र अवसर सिर्जना गर्नुपर्ने विषय तर्फ सोच्नुपर्ने समय आएको उहाँको धारणा थियो। उहाँले शिक्षाबाट समाजमा वर्ग निर्माण हुन नहुने तथा यसबाट सामाजिक न्यायको पक्षमा काम हुनुपर्नेमा जोड दिनुभयो।उच्च शिक्षा क्षेत्रमा गुणस्तरको मापन प्रतिस्पर्धामा आधारित हुनुपर्ने साथै, विश्वविद्यालयहरूले गुणस्तर कायम राख्नका लागि सक्रिय भूमिका लिनुपर्ने कुरा माननीय मन्त्रीज्यूले धारणा व्यक्त गर्नुभयो।विद्यालय र विश्वविद्यालय बीचमा सम्वाद र अन्तरक्रियाको आवश्यकता रहेको बताउँदै, उहाँले शैक्षिक क्यालेण्डर पालना नगरेमा विश्वविद्यालयहरूमा जाने स्रोत रोक्नु पर्ने सम्मको अवस्था आउन सक्ने कुरा पनि उठाउनुभयो।

विश्वविद्यालयका पदाधिकारीहरू बीचमा सामन्जस्य र समन्वयको वातावरण बनाउनु आवश्यक भएकोमा उहाँले जोड दिनुभयो।विश्वविद्यालयहरूले आफ्ना आंगिक क्याम्पसहरुलाई QUA (Quality Assurance) मा लैजानुपर्ने, विश्वविद्यालय Thinktank भएकोले उपकुलपतिहरुले यसको नेतृत्व लिनुपर्ने,आफूले दिएको सम्बन्धनको अनुगमगन गर्नुपर्नेऽ आन्तरिक समस्या समाधान गर्न विश्वविद्यालय अवस्थित सामाजिक परिवेश सँग परिचित हुनुपर्ने यी समग्र प्रक्रियाको प्रशासनिक समन्वय गर्न मन्त्रालय तयार रहेको कुरा पनि उहाँले प्रस्ट पार्नुभयो। विश्वविद्यालय अनुदान आयोगको परिषरमा आयोजित कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुको उपस्थिति रहेको थियो। छलफल विद्यार्थी भर्ना प्रक्रिया, आपसी समन्वय, शैक्षिक क्यालेण्डरको पालना लगायतका विषयमा केन्द्रित थियो।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend