Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

आज च्याउ दिवस : सरकारी तबरवाट च्याउ दिवस मनाउन पहल गर्ने कृषिमन्त्री अधिकारीको प्रतिबद्धता 


सूचना कुण्ड
आज च्याउ दिवस :  सरकारी तबरवाट च्याउ दिवस मनाउन पहल गर्ने कृषिमन्त्री अधिकारीको प्रतिबद्धता 

 

 काठमाडौं , पुस १५ :  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले च्याउको गुणस्तरिय वीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको भन्दै अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरिय विउ उत्पादन तर्फ हुनुपर्ने वताउनुभएको छ ।

च्याउ उत्पादक किसान संघले काठमाडौको भृकुटीमण्डपमा आज आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सबलाई आज सम्बोधन गर्दै मन्त्रीअधिकारीले नेपालीहरुमा च्याउ खाने बानी बढेसँगै च्याउको बजार पनि बढदै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

मन्त्री अधिकारीले नेपाल च्याउमा आत्मनिर्भरता तर्फ उन्मुख रहेकाले बिस्तारै निर्यात तर्फ लाग्ने गरि काम गर्नुपर्नेमा जोड दिनु पर्ने र यसका लागि सरकार, निजी क्षेत्र र किसानहरूको संयुक्त प्रयास आवश्यक देखिन्छ, भन्नुभयो । च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरीरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले यस आर्थिक वर्ष भित्र च्याउको खेतिका लागि सिफारिस जातहरु पंजिकरण गर्ने र गुच्छी च्याउ, धमिरे च्याउ, लेटिपोरस, जस्ता वहुमुल्य र पौष्टिक जातहरुको पनि अनुसन्धान सुरुवात गरेको र ति जातहरुको विजन उत्पादनमा सफलता हात परेको एवं खेति प्रविधि विकासका लागि काम भईरहेको जानकारी दिदै यस्को अनुसन्धान पश्चात प्रसार कार्य गर्न कृषि मन्त्रालयले कार्य योजना तय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरण तर्फ जानु जरुरी रहेकोमा जोड दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend