धादिङ,पुस १२ : काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको हाईस धादिङ जिल्लाको गल्छि गाउँपालिका–७, गल्छिमोडमा दुर्घटना भएको छ। दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् भने ४ जना सामान्य घाइते रहेको जनाइएको छ।
हाईसमा कुल १६ जना सवार रहेका थिए। घाइतेहरूको उद्धार गरी उपचार भइरहेको छ भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
