Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

शैक्षिक जनशक्ति विकास परिषद् बाट तालिम पाठ्यक्रम स्वीकृत


सूचना कुण्ड
शैक्षिक जनशक्ति विकास परिषद् बाट तालिम पाठ्यक्रम स्वीकृत

काठमाडौ,  पुष १० : माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीज्यूको अध्यक्षतामा रहेको शैक्षिक जनशक्ति विकास परिषदको मिति २०८१।०९।११ गते बसेको २७औं परिषद् बैठकले सेवा प्रवेश तालिम सहित एक दर्जन तालिम पाठ्यक्रमहरु स्वीकृत गरेको छ । एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम स्वीकृत भएको हो ।

शिक्षक पेशागत विकासको प्रारूप-२०८० ले शिक्षक पेशागत विकासका विभिन्न दश ओटा विधिहरूमार्फत् शिक्षकको पेशागत विकासको सुनिश्चितता गरेसँगै प्रत्येक विधिहरूलाई कार्यान्वयनमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडी बढाएको छ । परिषद् बैठकमा बोल्दै मन्त्री विद्या भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनर्भाषित गर्नुपर्ने बताउनु भयो ।

तालिम पाठ्यक्रमलाई Guidance Principle मानी तालिमका विषयवस्तुलाई लचिलो (Flexible) बनाउने, तालिम केन्द्रहरूले आफ्नो विशिष्टिकृत विशेषताहरूका आधारमा थप विषयवस्तु राख्ने, पाठ्यक्रमलाई समय समयमा शिक्षक/विज्ञ/तालिम केन्द्रहरूमा अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा परिमार्जन गर्नुपर्ने कुरा उहाँले बताउनु भयो ।

परिषद्को बैठकमा तालिम पाठ्यक्रमले शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्ने भन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्छ । यसका साथै शिक्षकले तालिम लिइसकेपछि लिएको तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्ने कुरा मन्त्रीज्यूले बताउनु भयो ।

तालिम पाठ्यक्रम स्वीकृती सँगै प्रदेश शिक्षा तालिम केन्द्र मार्फत सघन रुपमा शिक्षकहरुका लागि तालिम सञ्चालन हुनेछ । तालिम सहजीकरणका लागि शिक्षा तालिम केन्द्रका प्रशिक्षक तथा रोस्टर प्रशिक्षकका लागि केन्द्रले यही मिति २०८१।९।१६ देखि केन्द्रमा प्रशिक्षक प्रशिक्षण समेत सञ्चालन गर्ने गरि तयारी अगाडी बढाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend