Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बढ्यो चिसो, कहाँ-कहाँ पर्‍यो पानी?


सूचना कुण्ड
बढ्यो चिसो, कहाँ-कहाँ पर्‍यो पानी?

काठमाडौँ, पुस १० :पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागमा वर्षा भएको छ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार पछिल्लो चौबीस घन्टामा डडेलधुराको साहुखर्कमा १६.४, डडेलधुरामै ९ मिलिमिटर वर्षा भएको छ। दिपायलमा  ५.६, मिलिमिटर वर्षा भएको छ।

पछिल्लो तीन घन्टामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशमा बदली भए पनि उल्लेख्य वर्षा नभएको उनले बताए।

पछिल्लो तीन घन्टामा  चितवनको झुवानीमा ३.२ मिलिमिटर वर्षा भएको अर्यालले बताए।

सुदूरपश्चिम, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्ला हिमपातको सम्भावना रहेको छ। बाँकी स्थानमा पनि चिसो बढेको उनले बताए। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टा सुदूरपश्चिम कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू तथा बागमती प्रदेश र मधेश प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको थियो।

त्यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरू साथै बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको प्रक्षेपण गरेको थियो। 

साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन भनेको थियो।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend