Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिकाका प्रमुख   गिरी र नेपालका लागि जापानका कार्यबाहक राजदूत ताकाहिरोबीच भेटघाट


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकाका प्रमुख   गिरी र नेपालका लागि जापानका कार्यबाहक राजदूत  ताकाहिरोबीच  भेटघाट

काठमाडौँ, पुस ९ : चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम  गिरी र नेपालका लागि जापानका कार्यबाहक राजदूत तामुरा ताकाहिरोका सहित  राजदुतावासका उच्च पदस्त पदाधिकारीबीच आज नगरपालिकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ।

सो अवसरमा नगर प्रमुख गिरीले नगरपालिकाले विभिन्न क्षेत्रमा गर्दै आएको बिकास निर्माणका विषयमा कार्यबाहक राजदूतलाई जानकारी गराउदै फोहोर मैला ब्यबस्थापन, खानेपानी, रोजगार सिर्जना, डिजीटलाइजेसन, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुन सक्ने साथ सहयोगका विषयमा जानकारी गराउनु भयो।

अन्तरक्रियालाई सम्बोधन गर्दै कार्यबाहक राजदूत ताकाहिरोले नगर प्रमुख  र नगरपालिकाका जनप्रतिनिधिहरुबाट नागढुङ्गा सुरुङ्गमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भुमिकाको लागि धन्यवाद ज्ञापन गर्दै नगरपालिकाका अन्य क्षेत्रमा पनि हुन सक्ने साथ र सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यबाहक राजदूतले नगरपालिकाको स्थानीय उत्पादनको प्रदर्शनीको अवलोकन पनि गर्नु भएको थियो। सो अवसरमा नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी सहित विभिन्न वडाध्यक्ष एवं नगरपालिकाका उच्च पदस्थ कर्मचारीको  सहभागिता रहेको थियो । 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend