Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

पोखरेभिर र विशालटारमा चट्टान काट्न नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने


सूचना कुण्ड
पोखरेभिर र विशालटारमा चट्टान काट्न नौबिसे-मुग्लिङ सडकखण्ड आजदेखि ५ दिनसम्म दैनिक ३ घण्टा बन्द हुने

 काठमाडौं पुस ७ : मुग्लिङ-नौबिसे सडकखण्ड आज पुस ७ गतेदेखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ ।पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय पुस ३ गते नै गरेको थियोे । सो निर्णय अनुसार आज पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द हुनेछ ।

सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ ।पोखरेभिर मोड सुधारका लागि गल्छी-बैरेनी र चालिसेमा भारी सवारीसाधनहरुलाई रोकिने छ । यसैगरी हलुका सवारी साधन जरेखेत र घाटबेसीमा रोकिने छ ।

विशालटार मोड सुधारका लागि भारी सवारी साधनलाई मझिमटार र बेनीघाट तथा  हलुका सवारी साधनका लागि चरौदी बजार र विशालटारमा रोकिने छ ।सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक कार्यालय धादिङले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend