Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण


सूचना कुण्ड
कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण

काठमाडौँ,पुस ७ :खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्दा सबै खानयोग्य भएको तथ्य सार्वजनिक गरेको छ । विभागले बिहीबार राति १० बजेदेखि शुक्रबार बिहान ३ बजेसम्म २१ प्रकारका १६२ वटा तरकारीका नमुना लिएर विषादी भए/नभएको परीक्षण गराउँदा खानयोग्य भएको पाइएको हो । 

विभागका निर्देशक मोहनकृष्ण महर्जनले मोबाइल भ्यानको परिचालन गरी पहिलो पटक कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा भित्रिने ताजा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण गरिएको थियो । 

परीक्षणका क्रममा विषादीको मात्रा न्यूनतम दुईदेखि अधिकतम २७ प्रतिशतसम्म पाइएको विभागले जनाएको छ । विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भएकालाई खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशत मात्रा भएकालाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आएमा अस्वीकृत गरी नष्ट गरिने प्रावधान छ । 

विभागका अनुसार अनुगमनका क्रममा ४७ वटा गाडीका तरकारी तथा फलफूल परीक्षण गरिएको हो । उक्त तरकारी नेपालका विभिन्न १४ जिल्ला तथा चार वटा गाडी भारतबाट समेत आएको थियो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend