Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

एसिसी यू-१९ महिला एसिया कपमा नेपाल बंगलादेशसँग पराजित


सूचना कुण्ड
एसिसी यू-१९ महिला एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ, पुस ५  :सिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ।शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।

वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटमात्रै गुमाएर ९.५ ओभरमा पूरा गर्‍यो।

बंगलादेशकी ओपनर फहोमिदा चोयाले ३२ बलमा तीन चौका हानेर २६ रन बनाइन्। अर्का ओपरन मोसम्मत इभाले कुसुम गोदारबाट बोल्ड हुनुअघि २१ बलमा १ छक्का हानेउर १८ रन बनाएकी थिइन्।

सुमैया अख्तर सुबोर्नाले १० रनको योगदान दिइन्।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको थियो।

नेपालका लागि साबित्री धामीले ११ रन बनाउनुबाहेक अरू  सबै ब्याटरहरूले १० भन्दा कम रन बनाए।बंगलादेशका फर्जाना इस्मिन, अनिशा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले एक/एक विकेट लिए।

यो सँगै पहिलो पटक आयोजना भएको एसिसी महिला यू-१९ क्रिकेटमा नेपाल तेस्रो भएको छ। समूह चरणमा पाकिस्तानलाई पराजित गरी नेपाल शीर्ष चारमा पुगेको थियो। शीर्ष चारको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले अंक बाँडेको थियो।

विजयी भएको बंगलादेशले अब भारतसँग फाइनल खेल्नेछ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend